हिजो राती डोटीमा गएको भुकम्पका कारण ६ जनको मुत्यु भएको छ ।

पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ मा ६ मुत्यु भएको स्थानिय प्रशासनले जानकारी दिएको छ । पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको छ । भुकम्पले घर भत्काउँदा उनीहरुको ज्यान गएको हो ।

भुकम्पले सोही वडाका ५ जना घाइते भएको छ।

बुुधबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।