पर्सा, ५ भदौ । बाराको परवानिपुर गाउपालिका वडा नम्बर ५ स्थित संचालनमा रहेको एलएस न्यूरो अस्पतालमा कार्यरत एक जना चिकित्सकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले ठगी मुद्दा दर्ता रहेको आरोपमा एलएस न्यूरो अस्पतालमा कार्यरत चिकित्सकलाई पक्राउ गरेको हो ।
प्रहरीको टोलीले बुधवार विहान न्यूरो अस्पतालमा कार्यरत मेडिकल अफिसर अमिर हुसेन अन्सारीलाई अस्पताल अगाडिबाट पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका थिए । आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेकोले चिकित्सक अन्सारीलाई पक्राउ गरिएको प्रहरी प्रहरीले जनाएको छ ।
अन्सारीलाइ छुटाउन विभिन्न किसिमको शक्ति परिचालन भएपनी पक्राउ परेका अन्सारीलाई प्रहरी हिरासतमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।