नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्दैछ । एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरी सकेको छ । एसिया कप भदौ १३ देखी ३१ गते (३० अगष्ट देखी १७ सेप्टेम्बर) सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ । भारत आन्तरिक राजनीति र सुरक्षाको कारण पाकिस्तान जान नमानेपछि श्रीलंकामा खेलहरु हुनेछन् ।

नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्दैछ । एसिया कप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरी सकेको छ । एसिया कप भदौ १३ देखी ३१ गते (३० अगष्ट देखी १७ सेप्टेम्बर) सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ ।

भारत आन्तरिक राजनीति र सुरक्षाको कारण पाकिस्तान जान नमानेपछि श्रीलंकामा खेलहरु हुनेछन् । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल भदौ १३ (अगष्ट३०) मा पाकिस्तानको मुल्तानमा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा मुल्तान क्रिकेट रंगशालामा हुनेछ । उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ ।

नेपाल र भारतबीचको खेल भदौ १८ (सेप्टेम्बर ४) मा श्रीलंकाको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरुहुनेछ ।

नेपालले भारत र पाकिस्तानसँग दुबै खेल एकै समयमा खेल्नेछ । दुबै खेल डे नाइट हुनेछ । पाकिस्तानमा एसिया कपका चार खेल मात्रै हुनेछन् । अन्य सबै खेलहरु श्रीलंकामा हुनेछन् । एसिया कप आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप अघि एसियन टोलीको लागि तयारीको रुपमा छ ।

एसियन क्रिकेट काउन्सिलले एक एसोसिएट टोलीलाई एसिया कपमा ठूला टोलीसँग खेल्ने अवसर दिँदै आएको छ । नेपालले गत वैशाखमा घरेलु मैदान टियुमा एसिसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।



साभारः हाम्रो खेलकुद