प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेशनल मेडिकल कलेज वीरगंज पर्सा, समुदायिक आखा अस्पताल वीरगंज पर्सा, रुङ्गता वेलफेयर सोसाइटी वीरगंज पर्सा तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर आदर्श नगर १० वीरगंज पर्साको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं ०१ बाजार छपकैया डोम बस्ती टोलमा स्वास्थ्य शिविर अन्तर्गत (आँखा , दात, कान, सुगर blood pressure, सम्बन्धि चेकजाँच ) कार्यक्रम नागरिक समाज , समाज सेवी, विभिन्न संघ संस्था सरकारी गैर सरकारी कार्यालयका पदाधिकारिहरु सञ्चार कर्मी ज्युहरु तथा यस सेवा केन्द्रका पदाधिकारि ज्युहरुकाे उपस्थितीमा आयोजना गरिएको हो ।

स्वास्थ्य शिविरमा महिला, पुरुष वालवालिका तथा जेष्ठ नागरिक गरी जम्मा दुई सय पैंतीस जनालाई उपचार गरिएको ग्रीनशिटि का पदाधिकारीले जानकारी दिए । प्रमुख अथिति वेलफेयर सोसाइटी वीरगंज पर्साका अध्यक्ष सुरेश कुमार रुगटा, सस्त्र प्रहरी बल नेपाल १३ नं गण वीरगंज पर्सा का प्रहरी नायव उपरीक्षक देवेन्द्र वहादुर सिंह, नेशनल मेडिकल कलेज वीरगंज का मेडिकल डाइरेक्टर शाहनवाज अन्सारी , डाक्टर ईशरत जहान अन्सारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा का प्रहरी बरिष्ठ नायव निरीक्षक गुनिधि खकुरेल, ईलाका प्रहरी कार्यालय छपकैया का प्रहरी नायव निरीक्षक ज्योति प्रकाश कार्की, ग्रीन सिटी समुदायिक सदस्य रतन तेमनी, कैलाश बजाज, समाज सेवी ओम प्रकाश गुप्ता, विजय सहनी, लालबाबु गुप्ता, लालबाबु साह, कमल चौगाई लगायत अन्य व्यक्तित्वको उपस्तिथी रहेको थियो ।