बीरगञ्ज- आज पत्रकार सिबेन्द्र रोहितालाई कारले किचेर मारेको १४ दिन भैसकेको छ।तर, आजसम्म प्रहरीले जाहेरी दर्ता गरेको छैनन् । पीडित परिवारलाई न्याय दिनुको सट्टा उल्टै धनुषाका एसपीले झन् दु:ख दिने कार्यमा लागेको छन् ।

खोइ नेपाल सरकारको नीति नियम ? खोई स्थानीय सरकार ? खोइ त पत्रकारको सुरक्षा ? खोइ त अपराधीलाई दण्ड सजाय ? यो भन्दा पनि अनेकौं प्रश्नहरू उठिरहेका छन् ।

एउटा पत्रकारलाई कारले खिचेर मारेको आज १४ दिन भइसक्यो, तर अहिलेसम्म न्याय पाउन सकेका छैनन् । पत्रकारलाई देशको चौथो अङ्गको उपाधि दिइएको छ ।अनि त्यही देशको चौथो अङ्गलाई मार्दा किन यो देशलाई दुखेको छैन ? आफ्नै शरीरको एउटा अङ्ग काटिदा के त्यो शरीरलाई पीडा भाको छैन र ?

दैनिक रुपमा हुने घटनाहरूलाई हरेक चुनौतीको सामना गर्दै यो समाजलाई एउटा पत्रकारले आफ्नो लेखाईबाट आफ्नो भुनाईबाट घटनाहरूलाई जस्ताको त्यस्तै देखाई आम सञ्चारको माध्यमहरू रेडियो , पत्रपत्रिका , अनलाईन पत्रिका र टेलिभिजन मार्फत प्रकाशन तथा प्रशारण गरिरहेको हुन्छ ।

अरुसँग भएको घटनाहरूलाई एउटा पत्रकारले सक्दोसम्म यो समाज र यो देशको सामु पस्किएर त्यो घटनाबारे अवगत गराउँछ तर पत्रकारको सुरक्षाको कुरा गर्नुपर्दा कुनैबेला आफै दुर्घटनामा पर्दा सम्बन्धित निकायसम्म कस्ले पुर्‍याइदिने ? कस्ले न्याय दिलाइदिने ?

पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरूमा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । तर एउटा पत्रकारसँग भएको घटनाको सत्यतथ्य लुकाइँदैछ ।पिडकसंग ठूलो रकमको चलखेल गरेर पक्राउ परेकाहरुलाई छुट्टाउन अनेक किसिमको खेल भैरहेको छ।

दोषीमाथी कडाभन्दा कडा  कारबाही हुनुपर्छ । यो देशको चौथो अङ्ग पत्रकारमाथि भएको घटनालाई आँखा बन्द गरेर अन्ध्यारो गरे जस्तै झुक्याउन मिल्दैन । दोषीलाई उम्काउने कार्य तुरुन्तै बन्द गरियोस् धनुषा प्रहरी । हाम्रो कलम अब रुक्दैन ।

स्व.पत्रकार सिबेन्द्र रोहिताको न्यायको लागि आवाज बुलन्द गरौं ।