२९ कात्तिक बिरगंज -पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दीपक भारतीको सरुवा भएको छ । उनलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा ब्यवस्थापन महाशाखा नक्सालमा काज सरुवा गरिएको छ भने पर्सा जिल्लामा डीएसपी किशोर लम्साललाई सरुवा गरिएको छ।
सरुवा र बढुवा प्रहरी संगठनको नियमित प्रक्रिया हो । जनताको हक, हित र सुरक्षाको पक्षमा उभिएर उनले विभिन्न चुनौतीहरूको सामना गर्दै जिल्लामा कानुनी शासनलाई अझ मजबुत बनाउन अहम भूमिका खेलिरहेका छन्।पर्साका एसपी कुमोध ढुंगेल र उनको सन्युक्त नेतृत्वमा पर्सा जिल्लामा अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्नका लागि धेरै सुधारात्मक कामहरू भइरहेका छन्। जनताको सुरक्षा र सेवा सुनिश्चित गर्न उनले गरेको यो महत्वपूर्ण कार्यप्रति जिल्लाबासीहरूले प्रशंसा व्यक्त गरेका छन्।