वीरगंज महानगरपालिका वडा नं २ का शेष मुन्नाको वीरगंज देखि दिल्लि सम्म १०६० कि.मि. पैदल यात्राको आज ११ औँ दिनमा भारतको उत्तर प्रदेशको आरनगर सम्ममा ५०० कि.मि. को दुरि पैदल पार गरि सकेको शोष मुन्नाले स्वं जानकारी गराएका छन् । आफनो यात्राको आधि जति दुरी पार गरिसकेका मुन्ना धेरै खुसि हुदैँ बाकि दुरी पनि सजिलै पार गर्ने बताएका छन् ।

 

आजको शौखिन युगमा मानिसको सुविधाको लागि थरि थरिको आरामदेह सवारी साधन भएतापनि आफनो छुट्टै पहिचान बनाउन तथा नेपाल र भारत विच आझ राम्रो सम्बन्ध बनाउन एउटा युवाको पैदल हिड्ने हिम्मतलाई नेपाल र भारतमा लोकप्रियता बढ्दै गएको छ । हिजोको दिनमा शेष मुन्नालाई नचिन्ने मान्छेलाई उनि आफनो एक्लैको प्रयासले लोकप्रियता बटुल्न सफल भएका छन् ।