काठमाडौं, वैशाख ३, नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा हवाइ इन्धन (आन्तरिक) को मूल्यमा वृद्धि गरेको छ। निगमले बुधबार राति जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातदेखि लागू भएको हो ।

निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाइ इन्धन (आन्तरिक) मा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरिएको छ । 

नयाँ मूल्यसूचीअनुसार:

डिजेल तथा मट्टीतेल

पहिलो वर्ग: प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा

दोस्रो वर्ग: प्रतिलिटर २३६ रुपैयाँ

तेस्रो वर्ग: प्रतिलिटर २३७ रुपैयाँ

त्यस्तै, आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

निगमले पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको स्पष्ट पारेको छ । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको उतारचढावका कारण मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।