पर्सा - म्याद सकिएका औषधी सहित नेसनल मेडिकल क्लेजका एम.डि सहनाज हुसैन अंसारी ल्याब टेक्निसियन सञ्जय शाहलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।
दिउँसै पक्राउ गरिएका नौजवान छोरा सहनाज हुसेन अन्सारी गम्भीर बिरामी भएको भन्दै जैनुदिन अंसारीले नारायणी उप क्षेत्रीय अस्पतालको मेसु डाक्टर चित्रञ्जन शाहलाई जबरदस्ती अस्पतालमा राख्न दबाब दिइरहेका छन्।
कानुन विपरीत अनैतिक क्रियाकलाप गर्नेलाई कानुन बमोजिम अवश्य पनि दण्ड सजाय पाउनै पर्ने हुन्छ। तर कुनै निर्दोषले सजाय पाउनुभएन र दोषी छुट्नु भएन ।
सबैका लागि कानुन एक हो । न्याय ठूलाबडा सबैका लागि एक समान छन् । कानुनको तराजुमा अपराध र अपराधी एक समान हुन्छन् । पैसा हुनेले कानुनको नीति नियम समेत बदलिन सकिने जस्ता कयौँ उदाहरणहरू हाम्रा समाजमा छन् । आज कहीँ न कहीँ फेरि पनि पैसा हुनेको बोलबाला भएजस्तै उदाहरण निरन्तरता दिइने प्रयास गरिँदैछ।