साउन २१ गते शनिबारका दिन वीरगंज देखी भारतको दिल्लि सम्म पैदल यात्रा तय गरेका शेष मुन्नाले बिभिन्न बाघा व्यवधान को बावजुद पनि आफ्नो यात्रालाई निरन्तरता दिदै आज आफनो गन्तव्य दिल्ली सम्म पुग्न सफल भएका छन् ।

वीरगञ्जको घण्टाघर देखि भारतको राजधानी दिल्लीसम्म पैदल यात्रामा निस्किएका वीरगंज छपकैयाँका शेष मुन्नाले ११०० कि.मि. दुरी २४ दिनमा पैदल यात्रा गर्ने लक्ष्य लिए पनि आज २२ औँ दिन मै ११०० कि.मि. दुरी पार गरि आफनो गन्तव्य दिल्लिको इन्डिया गेटमा पुगेका छन् । इन्डिया गेटमा पुगेका मुन्ना लाई नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरमका संस्थापक मधुरेन्द्र जैसवाल सहितको टोलिले स्वागत गरेका छन ।

दिल्लीसम्म पैदल यात्रा गरेर वीरगन्ज र नेपालको नाम चारैतिर फैलाउन आफूले यस्तो लक्ष्य लिएर दिल्लीको पैदल यात्रामा निस्किएका थिए । पैदल यात्राले पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–भारतको सम्बन्धलाई अझै बलियो बनाउने पनि विश्वास लिएका छन् ।

आफनो यात्रा पुरा गरेकोमा विभिन्न सामाजिक संजालमा बधाईको ओइरो लागेको छ । इतिहास नै रचेका एउटा नेपाली युवाको जोशले सवै नेपालीको सिर उठाएको छ ।