१ भदौ बीरगञ्ज - निलकण्ठ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. को सहयोगमा तथा बिरगंज महानगरपालिका वार्ड नम्बर १३ कार्यालयको आयोजनामा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर आज भदौ १ गते शनिबारको दिन सम्पन्न भएको छ । शिविरमा कुल १५७ जना बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्।
स्वास्थ्य शिविरबाट विभिन्न स्वास्थ्य सम्बन्धि दैनिक स्वास्थ्य सेवा नपाएका सेवाग्राहीहरूले शिविरको फाइदा लिएका हुन्। समस्या पहिचान भई स्वास्थ्य उपचार प्राप्त गरेका छन् ।
सबै मानिसको अस्पतालसम्म पहुँच नभएको र सानोतिनो समस्यामा अस्पताल नजाने चलन भएकाले नियमित चेक जाँच गर्ने र स्वास्थ्यको ख्याल राख्ने बानिको विकास गराउनका लागि पनि बेलाबेलामा निशुल्क स्वास्थ्य शिविर गर्नु अति आवश्यक छ।
स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूले सेवाग्राहीहरूलाई सेवा प्रदान गरेका छन् । डा. अच्यूतानन्द लाल कर्ण (बरिष्ठ फिजिसियन, मुटु, हार्ट, चिनी, मधुमेह, थाइराइड, किडनी रोग विशेषज्ञ), डा. प्रशान्त साह (बरिष्ठ फिजिसियन), डा. अरबिन्द (कु) साह (हार्ड जोर्ने तथा नशा रोग विशेषज्ञ, सर्जन), डा. नविन झा (बरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ), र डा. तेजनाथ तिवारी (सेनियर मेडिकल अफिसर) ले बिरामीहरूको स्वास्थ्य जाँच गरी सेवा प्रदान गरे।