यहि फाल्गुन ०३ गते बिहीवार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच विवाद र झडप भएको विषयलाई लिएर आज सोमबार प्रजातन्त्र दिवसको दिनमा पनि बीरगंजमा भएको विरोध जुलुसको क्रममा वीरगंजको विभिन स्थानमा विवाद र झडपको स्थिति उत्पन्न भएको छ ।


सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले बीरगंज महानगरपालिका सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ ऱ्याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०७ गते बेलुकी ०५:०० बजे देखि अर्को आदेश नभए सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क, बमोजिम कर्फ्यू जिल्ला प्रसाशन कार्यालय पर्साले आदेश जारी गरेको छ ।


उक्त आदेशको बर्खिलाफ भएमा कानून बमोजिम कडा कारवाही हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध समेत गरिएको छ ।