पर्सा, वीरगंज। पर्सा जिल्लाको वीरगंज महानगरपालिका गण्डक बहुवरीमा आज बेलुकी भारतिय ट्रक र मोटरसाइकलबीच भएको भीषण दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकल सवार १४ वर्षीय संदिप पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगंज स्थित नारायणी अस्पताल पठाइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार भारतिय नम्बर प्लेटको ट्रकले तीव्र गतिमा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि भारतिय ट्रक फरार भएका छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको विर्ता वडा प्रहरी कार्यालय, पर्साले जानकारी दिएको छ । प्रहरी टोलीले फरार ट्रक र चालकको खोजी कार्य तीव्र पारेको छ ।
थप विवरण आउन बाँकी ।