रुकुम पश्चिम – आज दिउँसो स्थानीय ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा एक वृद्धाको ज्यान गएको छ ।  रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ नेपानेको दारकाट्यामा आगलागीमा परेर ७० वर्षीया बुदी कामीको ज्यान गएकाे वडाध्यक्ष तिलवीर केसीले जानकारी दिनुभयो ।

वनमा लागेको आगो गाउँतर्फ फैलिएर तीन वटा घर जलेर नष्ट भएका छन् । अहिलेसम्म आगो निभाउन नसकेको वडाध्यक्ष केसीले बताउनुभयो ।वडाध्यक्ष का अनुसार घरमा लागेको आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर ज्यान गएकाे हो ।