बढदो गर्मीले बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएका छन् । यस अघि सरकारले अत्याधिक गर्मीका कारण बन्द गरेका बिद्यालय हिजोदेखी खुलाउने निर्णय गरेको थियो । तर अदालतले गर्मी कम नभएको भन्दै आउँदो आइतवारसम्म देशभरका सबै बिद्यालय बन्द गर्न आदेश दिएको बीबीसी हिन्दीले जानकारी दिएका छन् ।

अत्याधिक गर्मीका कारण अप्रिल महिनामा मात्रै कम्तीमा सात जनाको ज्यान गएको बङ्गलादेशका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बङ्गलादेशको मौसम विभागले आउँदो बिहीवारसम्म तापक्रम नघट्ने बताएका छन् ।तापक्रममा वृद्धि भएकाले तातो हावा चल्दा बिद्यार्थी र शिक्षकको समेत ज्यान गएको पुष्टि भएपछि सरकारले एक हप्ताका लागि बिद्यालय बन्द गरेको थियो । फिलिपिन्समा पनि गर्मी बढेपछि फिलिपिन्स सरकारले बिद्यालय बन्द गरेकाे छ ।

 पछिल्लो एक हप्तामा राजधानी ढाकाको औसत तापक्रम ३० वर्षको औसत तापक्रमभन्दा ४ देखी ५ डिग्री सेल्सियसले बढी रहेको छ ।यस्तै म्यानमारमा पनि तापक्रममा अत्याधिक वृद्धि भएको छ । हिजो म्यानमारको चाउक सहरको ताक्रिम अहिलेसम्मकै धेरै ४८ डिग्रि सेल्सियस पुगेको थियो ।