६ माघ वीरगंज -२४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा मजकुर सशस्त्र प्रहरी बल , नेपाल नं. १३ गण हेक्वा पर्साले मानव सेवा आश्रममा खाद्यान तथा फलफुल वितरण गरि मनाएका छन् ।
२४ औँ सशस्त्र प्रहरी दिवस को अवसरमा देश भरी विभिन्न कार्यक्रम गरी मनाईएको छ भने माघ ५ गते शनिबार को दिन नेपाल नं. १३ गण हेक्वा पर्साको आयोजनामा पर्सा जिल्लाको बीरगंज महानगरपालिकामा वडा नम्बर २५ स्थित सिर्सिया मानव सेवा आश्रममा रहेका वृद्ध एवं वृद्धाहरूलाई खाद्यान तथा फलफुल वितरण गरी मनाइएको हो ।जनताको सेवा वा विकास भन्नु वृहत कुरा हो भने मानव सेवा भनेको मानवीय संवेदनशीलताको नजिक पुगेर जीवनयापनमा सहयोग गर्नु हो ।
सशस्त्र प्रहरी बल नेपालको एक अर्धसैनिक सुरक्षा निकाय हो।मावोवादी युद्ध चर्किदै गएपछी सरकारले नेपाली सेना र नेपाल प्रहरी का विचमा एक अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्ति नेपाली सेनाबाट र केही जनशक्ति नेपाल प्रहरीबाट ल्याइ नेपाल सशस्त्र प्रहरी बल को निर्माण गरियो ।विक्रम सम्बत २०५७ सालमा गोविन्द राज जोशी गृह मन्त्री हुँदा जोशीको पहलमा सशस्त्र प्रहरी बल गठन गरिएको थियो। यसका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको थिए ।उनलाई नेपाल प्रहरीबाट त्यता लगिएको थियो। महानिरीक्षकको कार्यभार सम्हालेको केही समयमै माओवादी द्वारा श्रेष्ठको गोली हानी हत्या गरिएको थियो ।सशस्त्र प्रहरी बल ऐन २०५८ अनुसार नेपालभित्र सशस्त्र प्रहरीको भूमिका सशस्त्र संघर्ष वा विद्रोह नियन्त्रण गर्नु, आतंककारी गतिविधि रोक्नु, दैवी प्रकोप उद्दार, महत्त्वपूर्ण संरचना, भवन र भीआईपी सुरक्षा, सीमा सुरक्षा, कुनै आन्दोलन नियन्त्रणभन्दा बाहिर गएमा त्यसलाई काबुमा ल्याउन नेपाल प्रहरीलाई सहयोग गर्नु तथा राष्ट्रिय संकटका बेला नेपाली सेनामातहत रही काम गर्नु हो।२०७२ मा बिसं २०५८ को सशस्त्र प्रहरी ऐनलाई संशोधन गरि सशस्त्र प्रहरी नियमावली बनाईएको छ । यस नियमावली ले सशस्त्र प्रहरी अनि तिनका परिवारका कल्याणका बारेमा स्पष्ट सम्बोधन गरेको छ ।विसं २०७२ मा बिसं २०५८ को सशस्त्र प्रहरी ऐनलाई संशोधन गरि सशस्त्र प्रहरी नियमावली बनाईएको छ । यस नियमावली ले सशस्त्र प्रहरी अनि तिनका परिवारका कल्याणका बारेमा स्पष्ट सम्बोधन गरेको छ ।
नेपाल नं. १३ गण हेक्वा पर्साको गणपति सशस्त्र प्रहरीउपरीक्षक राधेश्याम धिमालको प्रमुख आतित्थ्यमा गुल्म अलौ , बीओपी ड्राइपोर्ट एवं सिर्सियाको संयुक्त योगदानमा चामल ४४० के.जी . , चिनी ४५ के.जी. ,दाल ३५ के.जी. ,तेल २ कार्टुन ,आटा ३० के.जी. , मैदा ३० के.जी. ,बिस्कुट ४ कार्टुन , स्याउ १ कार्टुन ,प्याज ५० के.जी. आश्रमका आश्रितलाई खाद्यान सामग्री लगायत फलफुल वितरण गरेका हुन् । खुल्ला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन यापन गर्न विवश सहयोगापेक्षी ( अनाथ ,अपाङ्ग ,असहाय एवं मनोरोगी) मानवहरूको सेवा अर्थात् सेवा नै मूल धर्म हो भन्ने पवित्र भावनालाई आत्मसाथ गर्दै खाद्यान्न सामागी वितरण गरेको हो ।