५० बर्षिय सुनिल कुमार अग्रवालको शव आज दिउँसो पूर्वी चम्पारणको छाैडादानो रेलवे क्षेत्रमा फेला परेको छ । उनी वीरगञ्ज महानगरपालिका वडा नं. ६ माइस्थान निवासी थिए ।

बिहान मर्निङग वाकमा निस्केको र दिउँसो १ बजे सम्म पनि परिवारको सम्पर्कमा नआए पछि उनको खोजी कार्य शुरु गरिएको थियो । उनी वीरगंज घण्टाघर नजिक रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक थिए ।

रक्सौलबाट गएका जिआरपीको टोलीले टाउकोमा चोट लागेको हुँदा उनको मृत्यु भएको हुन सक्ने बताए । शवलाई पोष्टमार्टमका लागि मोतिहारी पठाइएको र सो घटना बारे अनुसन्धान भइरहेको रक्सौल थानाका धर्मेन्द्र कुमारले जानकारी गराएका छन् ।