पर्सा, वैशाख २६ — सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको टोलीले मिति २०८२ साल वैशाख २६ गते भारतबाट अवैध रूपमा भन्सार छलि ल्याइरहेका विभिन्न सामानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।
जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१४ गण्डक क्षेत्रबाट जितपुरतर्फ लैजाँदै गरेको अनुमानित रु. १,०१,१६० बराबरको कपडा र चकलेट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। सोही दिन प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित मुख्य सडक खण्डबाट रु. २,०२,४२० बराबरका किराना सामान, कपडा, मोटर पार्ट्स, मदिरा र स्याउ सहित BR28Q9510 नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ।
यी दुई कारवाहीहरू मार्फत कुल रु. ३,०३,५८० बराबरका भन्सार छलिका सामानहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।