वीरगञ्जको माइस्थानस्थित ‘आर.के एण्ड सन्स’ सुनचाँदी पसलमा राजश्व अनुसन्धान पथलैयाले छापा मारेको छ ।

सुनचाँदी पसलको बारेमा सूचनाहरु आएपछि अनुसन्धानका लागि आएको टोलीले कागजपत्र लिएर फर्केको राजस्व अनुसन्धान पथलैयाका प्रमुख देवकोटाको भनाइ छ । विशेष सूचनाको आधारमा सुनचाँदी पसलमा छापा मारिएको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेम प्रसाद देवकोटाले पुष्टि गरे । 

राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले एक बोरा कागजपत्र लिएर गएको बताइएको छ । सुन तस्करीका घटनामा बारा, पर्साका सुनचाँदी व्यावसायीहरुको पनि संलग्नता रहेको सञ्चार माध्यमहरुमा आउने गरेकोले केही सूचना पाएर नै राजश्व अनुसन्धानको टोलीले छापामारेको हुनसक्ने अनुमान गरिएको छ ।