हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जक्टिभाइटिस अर्थात् आँखा पाक्ने समस्या देखिएकोले सर्तक रहौँ ।

यसका लक्षणहरु

१. आँखा रातो हुने र चिलाउने ।

२. आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने ।

३. आँखाको ढकनी रातो हुने, सुन्निने ।

४. आँखा बिझाउने/दुख्ने ।

५. घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने ।


रोकथामका उपायहरु ।

भाइरल कन्जक्टिभाइटिस (आँखा पाक्ने रोग) सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । त्यसैले रोकथामका निम्न उपायहरु अपनाएर आँखा पाक्ने रोगबाट बचौँ।

१. संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने

२.संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने

३. जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने

४. व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

५. भाइरल कन्जंक्टिभाइटिस भइहाले अत्तिनु पर्दैन । यो रोग १ देखि २ हप्तामा आफैँ निको हुन्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगरौँ ।

https://youtu.be/CsLcA-rkwz4