बीरगंज तेक्वान्दो डोजांग आज केही क्षणका लागि युद्धकला भन्दा पनि उत्साहको रंगमञ्च बनेको थियो। प्रशिक्षक र खेलाडीका आँखामा चमक थियो र त्यस चमकको मूलमा थिए कृष्णा आले । उनको तर्फबाट उपलब्ध गराइएको महत्वपूर्ण खेलकुद सामग्रीले डोजांग भित्र नयाँ हावा चलेको अनुभूति सबैले गरेका छन् ।
आले ज्यूले सामग्री हस्तान्तरण गर्दै युवाहरूलाई एउटा सूक्ष्म तर बलियो संदेश छोडे
“ टेक्वान्दो केवल खेल होइन, यो अनुशासनको सम्पूर्ण ब्रह्माण्ड हो। आत्मविश्वास र जीवनशैली दुवै जगाउने माध्यम हो। युवा प्रतिभालाई अझ सबल बनाउन सहयोग गर्न पाउँदा खुसी छु ।”
दिने हात र लिनेलाई झन् राम्रो बन्न प्रेरणा दिने क्षण थियो त्यो । डोजाङ का प्रशिक्षक तथा खेलाडीहरूमाझ आज शब्दभन्दा बढी उत्साहको कम्पन थियो ।
सामग्री सहयोग पाउँदा उनीहरूले कृतज्ञता व्यक्त गर्दै आगामी प्रतियोगिताहरूमा नयाँ जोश, तेज र निष्ठासहित उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जाहेर गरे । यस सहयोगले न केवल प्रशिक्षण स्तर सुदृढ बनाउने छ । बरु बिर्तन्ज क्षेत्रमा तेक्वान्दोको भविष्यलाई अझ तेज रंगले रंग्ने विश्वास सर्वत्र फैलिएको छ ।
बीरगंजको डोजाङमा आजको पल जसले खेलाडीको मुक्का, किक र मनोबल तीनैलाई समान शक्ति दिएको छ ।