वीरंगञ्ज- वीरगञ्जमा फेरि पनि म्याद गुज्रिएको औषधि ठुला ठुला दुई निजी अस्पताल  बाट फेला परेको छ ।फितलो कानुन लगाएत सरकारका धेरै कमि कमजोरीका कारणले गर्दा हरेक व्यक्ति म्याद गुज्रेको औषधी बिक्री वितरणमा मनोबल बढेको छ ।

मंगलबार वीरगन्ज महानगरपालिकाको स्वास्थ्य समितिका संयोजक उमाशंकर तिवारीको नेतृत्वमा महाशाखाको टोलीले प्रभु हस्पिटल र निलकण्ठ अस्पतालको अगुगमन गरेको थियो।अनुगमनका क्रममा बिरामीको उपचारमा प्रयोग हुने केहि औषधीहरु को म्याद गुज्रिएको अवस्थामा भेटिएको अनुगमन टोलीका संयोजक तिवारीले जानकारी दिएका छन्। तिवारीका अनुसार अस्पतालको आइसियू कक्ष र ल्याबमा म्याद गुज्रिएका ८ प्रकारका औषधिहरु भेटिएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा विगत साढे चार वर्षदेखि सञ्चालनमा रहेको प्रभु हस्पिटलले प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट २५ शैया मात्र सञ्चालनको इजाजत लिएको छ। तर मंगलबार वीरगन्ज महानगरपालिकाले गरेको अनुगमनका क्रममा अनुमति विपरित उक्त अस्पतालले ६३ शैया राखेर सञ्चालन गरिरहेको पाइएको महानगरबाट अनुगमनमा गएको टोलीमा सहभागी महानगरको स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले बताएका छन्।

मंगलबार नै नीलकण्ठ हस्पिटलमा पनि अनुगमन गरेका थियौं।नीलकण्ठ हस्पिटलले वीरगन्ज महानगरपालिकाको कार्यालयबाट १५ शैया मात्र सञ्चालनको इजाजत लिएको हुदा  गैरकानूनी रुपमा ३३ शैया सञ्चालन गरिरहेको भेटियाे ।अनुगमनका क्रममा उक्त अस्पतालका विभिन्न विभाग र कक्षबाट पनि म्याद गुज्रिएका औषधिहरु भेटिएको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले जानकारी दिएका छन्।  उनले भने नीलकण्ठ अस्पतालको शल्यकृया कक्ष (अप्रेसन थिएटर) मा एट्रोपाइन सल्फेट, पायरोलेट, लिडो र आर्याडाइन तथा आकस्मिक कक्षमा एट्रोपाइन सल्फेट, फेनोटन सोडियम र प्लसफ्रलोन नामका औषधि म्याद गुज्रिएको अवस्थामा भेटिएको हो। 

बजार देखि हस्पिटलहरुमा गरिने अनुगमन एउटा सोझा नागरिको आँखामा छारो हाल्नलाई मात्र हुने गर्दछ ।यस्को फाईदा व्यापारिले लिरहेका छन भने यस्को घाटा मात्र नभएर समस्त नागरिकको स्वास्थ्यमाथि खेलवाड भैरहेको छ । यति हुँदा हुँदै पनि सरकारले यस्तो हर्कत गर्ने व्यत्तिलाई कडा कार्वाहि गर्न नसकेको देखिन्छ ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा भइरहेको नकारात्मक कार्यमा अनुगमन र ठोस कारबाही नहँदा सर्वसाधरणले सास्ती खेप्नुका साथै अनाधिकृत हिसाबले दिइने गलत औषधिले बिरामीको ज्यान जोखिममा परिरहेका छन् ।

बिरामीलाई गलत औषधि दिएर औषधि ऐन २०३५ को परिच्छेद ४ को बर्खिलाप गरेकोले त्यहीअनुसार कारबाही अघि बढाइने बताए।

विश्वभर हरेक औषधि कम्पनीले आफ्नो औषधिमा एक्सपायरी डेट लेखेको हुन्छ । औषधिमा दिइएको म्याद समाप्त हुने मिति भनेको कुनै पनि औषधिमा दिइएको म्याद सकिएपछि त्यसको सुरक्षा र प्रभावकारितासम्बन्धी कम्पनीको ग्यारेन्टी समाप्त हुनु हो ।