२ श्रावण बीरगंज - वीरगञ्ज स्वामी नारायण मन्दिर ( अक्षरधाम आबद्ध) निर्माण को पुर्व तयारी सुरु भएको छ । वीरगंज महानगरपालिका स्थित पूण्य नदी श्रीसिया को तट मा निर्माण हुने स्वामी नारायण मंदिर ( अक्षरधाम आबद्ध) को निर्माण स्थल मा सत्संग सुरु भएको छ । 


अक्षरधाम निर्माण को लागी सत्संग प्रशिक्षण लिन २ जना कोलकता प्रस्थान सो सत्संग प्रारम्भ को लागी निश्चल विक्रम पौडेल र मदनकृष्ण पौडेल भारत पश्चिम बंगाल कोलकाता मा सत्संग संचालन सम्बंधित प्रारम्भिक प्रशिक्षण लिन आज त्यस तर्फ प्रस्थान गरेका छन्। 

बीरगन्ज महानगर पालिकाको सद्भावना दूत अशोक कुमार बैद, विश्व हिन्दू परिषद नेपाल को महासचिव जितेन्द्र सिंह ले आज विदाई गर्नु भएको छ । कोलकाता मा स्वामी पूर्ण वत्सल दास जी नारायण भगवान को पूजा अर्चन सम्बन्धी आठ दिन को लागी आउने कार्यक्रम रहेको छ ।