नेपाली सेनाको बा १ ग ३४४२ नम्बरको वानटन गाडी आइतबार अपराह्न इलामको माङसेवुङ गाउँपालिका वडा नम्बर ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भइ दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते १५ मध्ये २ जनाको अवस्था केही चिन्ताजनक छ । गम्भीर अवस्थाका २ जनालाई वराटनगर र १३ जनालाई सैनिक हेलिकोप्टरबाट उद्वार गरी साँझ काठमाडौं पठाइएको फिदिमस्थित रणशेर गणले जनाएको छ ।
दुर्घटनामा सैनिक प्युठ कााशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रवी तामाङ, रमेश चौधरी, सूर्य थारु, चन्द्रबहादुर कार्की, दिलबहादुर साही, लोटन थारु, देवीलाल सुनुवार, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी, र जवान धर्मैश कापर छन् ।