१६ माघ बीरगंज - बीरगंज महानगरपालिका वडा नम्बर २ छप्कैया स्थित आइडल एकेडेमी विद्यालयमा ‘फूड फेष्टिवल’ कार्यक्रम गरिएको छ । नियमित शिक्षण सिकाईसँगै विद्यार्थीलाई अतिरिक्त सीपमुलक गतिविधिहरूमा सहभागी गराएर उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयले ‘खाना उत्सव’को आयोजना गरिएको हो ।


यस ‘खाना उत्सव’मा विद्यालयमा अध्ययनरत कक्षा– ४ देखि कक्षा– १० सम्मका विद्यार्थीहरूले स्वस्फुर्त रुपमा भाग लिएका थिए ।विद्यालय हातामा उनीहरूले परम्परागत विभिन्न प्रकारका परिकारहरू अधिकांश आफैले बनाएर प्रर्दशन स्थलमै बिक्रीसमेत गरेका हुन्। नियमित पढाईसँगै विद्यार्थीहरूमा व्यवहारिक ज्ञान तथा सिकाईका लागि विभिन्न शैक्षिक गतिविधीहरू गर्दै आएको आइडल एकेडेमीले पहिलो पटक ‘खाना उत्सव’मा विद्यार्थीलाई सहभागी गराएको हो ।


विद्यार्थीहरूद्वारा बनाइएको खाना परिकार ‘पानीपुडीको १० रुपैयाँ, समोसा १० रुपैयाँ,ब्रेड पकौरा , एगरोल ,कफी रु.१५ चिया १० रुपैयाँ यसैगरी मोमो एक प्लेट रु. ४० ,समोसा चार्ट रु.४० , छोलाभटुरा रु.४० दरले विक्री गरिएको फुड फेस्टिवल सहभागी भएका विद्यार्थीहरूलाई बताए र साथै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरू पनि स्कुल आई फुड फेस्टिवलमा सहभागी हुन पाउँदा "हामीलाई स्कूलमा नभई कुनै मेला महोत्सवमा गएको जस्तो अनुभूति भएको बताए ”।त्यसअघि घरमा चिया बनाउन समेत अल्छी गर्ने आफ्ना छोराछोरीले ती परिकार बनाएको देख्दा अभिभावकहरू हर्षित देखिए ।


खाना उत्सवमा सहभागी विद्यार्थीहरूले कक्षा गत रुपमा छुट्टाछुट्टै स्टल राखेको सो विद्यालयका प्रधानाध्यापक विकाश राईले जानकारी दिए । उनका अनुसार स्टलहरूमा विद्यार्थीहरूले कफी , चिया , समोसा , पानीपुरी , चार्ट, चाउमिन, बेड पकौडा, छोलभटुरा ,चिकेन मोमो ,एगरोल, पानी पुरी, ममः, चट्नी लगायतका परिकार तयार गरी प्रर्दशनी तथा बिक्रीका लागि राखेका थिए ।