मिति २०८१।०६।१७ गते बिहान अं ०४:०० बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १९ नेवारपानी चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको बा १२ च २८८५ नं. को बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा बोलेरो गाडी चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. २ पालुङ बस्ने बर्ष २४ को सुजन तामाङलाई शंका लागी रितपुर्वक निजको शरीर तथा बोलेरो गाडी समेतको खानतलासी गर्दा गाडीको ढाला भित्र लुकाई छिपाई गरी ल्याइएको अवस्थामा १०७ किलो ५० ग्राम लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध, बोलेरो गाडी सहित निज सुजन तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।