देउखुरीमा बस दुर्घटना हुँदा दर्जन बढि यात्रु घाइते भएका छन ।

लमही नगरपालिका -३ वनगाउँमा दुइवटा बस एक आपसमा ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।

बुटवलबाट सुर्खेतका लागि गुडेको लु१ख ७३६३ नम्बरको बस र तुल्सीपुरबाट बुटवलका लागि गुडेको रा १ ख २५८१ नम्बरको यात्रु बस एक आपसमा ठोकिएका थिए ।


दुर्घटना दुबै बसमा सवार रहेका केही यात्रु गम्भीर घाइते र केही यात्रु समान्य घाइते रहेको प्रहरीले बताएको छ ।