असोज -५, बीरगंज - भारतीय महावाणिज्य दूतावास बीरगञ्जद्वारा आयोजित " स्वच्छता पखवाडा " अभियान मा आज ' स्वच्छता WALK " कार्यक्रम गरी मनाइएको छ।
हिन्दू पञ्चाङ्ग अनुसार महिनामा दुई पखवाडा हुन्छन् ।अर्थात् कृष्णपक्ष र शुक्लपक्ष यो दुईवटै पक्ष १५-१५ दिनको हुने गर्दछन् । त्यसैले सामान्यत भाषामा १५ दिनको अवधिलाई पखवाडा भनेर बुझ्नुपर्छ।
" स्वच्छता पखवाडा " अभियान १५ दिनसम्म भारतलाई स्वच्छताको विभिन्न कार्यक्रम गरी देशलाई स्वच्छ र सुन्दर बनाउने उद्देश्यका साथ कार्यहरू गर्ने गर्छन् । यस अभियानमा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न मानव कल्याणकारी संघसंस्था तथा स्थानीय एवं जनप्रतिनिधिहरूको सहभागिता हुन्छ।
स्वच्छता पखवाडा कार्यक्रम बिहान ६ बजे भारतीय महावाणिज्य दूतावास वीरगञ्जदेखि सुरु भई बीरगञ्जको घण्टाघर, महावीरस्थान र आदर्शनगर हुँदै बीरगन्जको पुरानो बस पार्कमा ७:३० बजे सम्पन्न भएको हो।
यस कार्यक्रममा भारतीय महावाणिज्य दूतावास
वीरगञ्जका सम्पूर्ण पदाधिकारी, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर का अध्यक्ष जय प्रकाश खेतान लगायत सम्पूर्ण पदाधिकारी , विश्वविद्यालयका विद्यार्थीहरू , आमाको माया छात्रवास संस्थाका छात्रहरू ,विभिन्न समाज सेवि तथा विभिन्न सुरक्षा निकाय , नागरिक समाजहरु सहभागिता रहेको थियो।
स्वक्षता पखवाडाको मुख्य उद्देश्य भारतवासीले दैनिक गर्ने कार्यहरू बाट केही समय निकालेर भारतमा स्वच्छता सम्बन्धी कार्य गरि देशलाई सफा र सुन्दर बनाउनका साथै जनमानसलाई प्रोत्साहित गर्नु हो।
स्वच्छता पखवाडा अभियान सडक सरसफाई, वृक्षारोपण, नदीनाला सरसफाई, पानीका मुहानहरू सरसफाई तथा स्वास्थ्यका लागि विभिन्न योगा तथा स्वास्थ्य शिविर लगायत विभिन्न कार्य गरी देशको सुन्दरतासँगै देशलाई स्वच्छ राख्न लगायत देशवासीलाई देशप्रतिको दायित्व तथा देशलाई नै स्वच्छ राख्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भारतीय महावाणिज्य दूतावास बीरगञ्जका डि . एस देवी सहाय मीनाले बताए ।