बीरंगञ्ज । तराईमा गर्मी दिनहरू सुरु भए सँगै पसिना आउने स्वभाविकै हो ।पसिनाका कारण शरीरबाट आउने दुर्गन्धलाई लुकाउन हामी अनेकौँ खालका बडी स्प्रे र परफ्युमहरु को प्रयोग गर्ने गर्छौ । आफ्नै शरीरबाट आउने दुर्गन्धित पसिनाले  दिक्क लाग्न दिनहरू सुरु भइसक्यो । हाम्रो शरीरबाट आउने पसिनामा कुनै किसिमको सुगन्ध वा दुर्गन्ध हुँदैन । तर पनि पसिनाका कारण हामीलाई हाम्रो जिउ आफै गन्हाउँछ । पसिनाको कुनै गन्ध नभए पनि दुर्गन्ध किन आउँछ त ?

सबै को शरीर एक जस्तो हुँदैन त्यसकारण कसैलाई धेरै पसिना आउने त कसैलाई कम ।कसैको पसिनाको दुर्गन्ध निकै धेरै हुन्छ भने कसैको कम हुन्छ। यस्तो किन हुन्छ त ? सामान्यभन्दा बढी पसिना आउनु भनेको हाइपरहाइड्रोसिसको सङ्केत हुन सक्छ । यस्तो स्थिति बिना कारण उत्पन्न हुन सक्दछ। तर यसको उपचार गर्न सकिन्छ । यो अवस्थाका कारण धेरैलाई अत्यधिक पसिना आउँछ र उनीहरूको पसिनाबाट दुर्गन्ध आउने जस्ता समस्या देखिन्छ । कुनै प्रकारको सङ्क्रमण, हाइपर थाइराइडिज्म, तनाव, केही औषधि र मदिरा सेवनका कारण पनि सामान्यभन्दा बढी पसिना आउने गर्दछ ।

केही यस्ता खानेकुरा र पेय पदार्थहरु ब्रोकाउली, बन्दागोभी र फूलगोभी जस्ता क्रुसिफेरस तरकारीहरूले ग्यास उत्पादन गर्दछ र यसका कारण हाम्रो शरीरको गन्धलाई  प्रभावित गर्दछ।  खाएको लसुन र प्याज टुक्रिएपछि सल्फर जस्ता यौगिकहरू निस्कन्छन् । यी यौगिकहरु छालामा भएका छिद्रबाट बाहिर निस्कन्छ। जसका कारण हाम्रो शरीरबाट निस्केको पसिनाबाट दुर्गन्ध आउँछ । समुद्री खाना माछा र अन्य सेवन गर्दा पनि  शरीरबाट दुर्गन्ध आउने गर्दछ ।

हार्वर्ड हेल्थ- रिपोर्टका अनुसार हाम्रो शरीरमा एक्राइन र एपोक्राइन नामक दुईवटा ग्रन्थिका कारण पसिना आउने गर्छ । जब हाम्रो शरीर तातो हुन्छ, यी ग्रन्थिहरूले छालामा तरल पदार्थ निकाल्छन् । यसलाई नै पसिना भनिन्छ । शरीरको तापक्रम कायम राख्न पसिना निस्कनु अति आवश्यक  छ । यी ग्रन्थि हाम्रो शरीरभरि नै हुन्छ । त्यसैले शरीरको हरेक अङ्गबाट पसिना आउने स्वाभाविक हो । पसिनामा गन्दहीन हुन्छ । तर शरीरमा रहेका ब्याक्टेरिया एपोक्राइन ग्रन्थिबाट निस्कने पसिनासँग सम्पर्कमा आउन साथ पसिनाबाट गन्ध आउन थाल्छ । सरल भाषामा शरीरमा रहेका ब्याक्टेरिया पसिनाबाट आउने दुर्गन्धका कारण हुन् ।

दुर्गन्धित पसिनाबाट  छुटकारा पाउन सकिन्छ ? तर कसरि ?

केरामा भरपूर पोटैशियम, मैग्‍नेशियम, विटामिन बी ६ हुन्छ जस्ले शरीरलाई हाइड्रेट रखन मद्दत गर्छ । हामीलाई आफ्नो डाइट मा तरबुजा, खरबुजा, अंगूर, सुन्तला, पाइनएप्‍पल, आदि जस्ता फलफुलहरू खानु पर्छ । यसले गर्दा यसले हाम्रो शरीरमा पानी को आपूर्ति भइराखेको हुन्छ र हाम्रो शरीरलाई चिसो रहिरहन मद्दत गर्दछ ।


दैनिक रूपमा नुहाउँदा सुगन्धित साबुन र रिफ्रेशिंग शावर जेल को प्रयोग गर्न सकिन्छ ।काखी र अन्य हिस्सामा भएका रौंहरु खौरिउर पनि पसिनाको दुर्गन्ध कम गर्नमद्दत गर्दछ ।डिओडोरेन्टले केही घण्टाको लागि शरीरको गन्धलाई रोक्न मद्दत गर्छन् ।टैलकम पाउडर को प्रयोगले पसीना लाई सोख छ र केही हद सम्म पसिना को दुर्गन्ध कम गर्छ ।

जिम वा अत्यधिक पसिना आउने खालका अन्य शारीरिक गतिविधि वा परिश्रमपछि नुहाएर पनि पसिनाको दुर्गन्धबाट धेरै हदसम्म राहत पाउन सकिन्छ ।