प्रेस मंच नेपालको पर्सा जिल्लामा संगठन विस्तार गर्न समन्वय समितिको गठन गरिएको छ । आज बसेको बैठकमा विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुलाई भेला गराउँदै उनीहरुको दक्षता, क्षमता अभिबृद्धि गराउने उद्धेश्यका साथ समिति विस्तार गरिएको हो । मंचका केन्द्रीय उपाध्यक्ष विरेन्द्र साहको संयोजकत्वमा ५ सदसिय समन्वय समिति गठन भएको छ । जसमा सनी महतो, आविद हुसेन, दिपेन्द्र चौधरी, बलिराम यादव रहेका छन् ।
उक्त समितिले प्रेस मंचमा आवद्ध हुन चाहने सबैलाई समेटेर भेला आयोजना गरी जिल्ला कार्य समिति पुनः गठन गरिने, सदस्यता थप गर्ने अभियान चलाउने भनि बैठकले निर्णय गरेको छ । बुधबारको बैठकले मंचको कार्यालय संचालन गर्ने निर्णयका साथै जिल्लामा जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा किरण सत्याल, प्रेमचन्द्र सर्राफ, बलिराम यादव, त्रिलोकीनाथ यादव, अब्दुल कैस, संजय प्रसाद कुशवाहा, राकेश चौरसिया,बंशीधर गुप्ता, जाकिर हुसेन, पिंकी सर्राफ लगायतको सहभागिता रहेको थियो ।