ग्रीन सिटी र सामुदायिक सेवा केन्द्र छपकैया २ को आयोजना तथा रुँगटा वेयल फेयर सोसाइटीको सहयोगमा वीरगंज वडा नं. २ स्थित सुर्या हस्पिटलमा जडान गरिएको स्वच्छ खानेपानी मेसिनको उदघाटन एक कार्यक्रमका बिच वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले गरेका हुन् ।
सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुर्या अस्पतालमा बटुवाहरु लाई चिसो खाने पानी ट्यांकी र पानी फिल्टर गरी चिसो गर्ने मेसिन जडान गरिएको हो ।
छपकैया सामुदायिक सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइको सभापतित्वमा आयोजित उक्त काकार्यक्रममा वीरगंज महानगरपालिका वडा नं २ का वडा अध्यक्ष महमद रेयाज मिया, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मनिशा लौडारी, रुँगटा वेयल फेयरका दाता सुरेश कुमार रुँगटा,,ग्रिन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगरकाका अध्यक्ष जय प्रकाश खेतान,सुर्या होस्पिटलका संचालक डा.सरोज सिंह लगायतको सहभागिता रहेको थियो।