वीरगंज महानगरपालिका को विभिन्न सेवामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू लाई अषाढ१ गते देखी सेवाबाट हटाईएको छ ।

वीरगंज महानगरपालिका कार्यालय अन्तर्गत रहेका सबै वडा समितिको कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा मिति २०७८ वैशाख देखि नियुक्ति भई दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई अर्को व्यवस्था नभएसम्म मिति २०७९।०३।०१ गतेदेखि लागू हुने गरी ज्यालादारी सेवाबाट हटाइएको व्यहोरा जानकारी गराईएको छ ।