मतदानको बखत विवाद भएपछि रौतहटको गुजरा नगरपालिका वडा नं. ४ स्थित मतदान केन्द्रमा हवाई फायर गरिएको छ ।

प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनको क्रममा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो । प्रतिनिधि राख्ने विषयमा विवाद हुँदा गरुडामा दुई राउण्ड गोली चलेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले बताए ।

त्यसै गरी कनकापुरमा भने मतदान केन्द्रमा हुलहुज्जत हुँदा एक राउण्ड गोली फायर गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी ले सुरक्षा सतर्कता बढाएको छ ।

मतदान गर्ने क्रममा विवाद चर्किए पछि स्थितथी सामान्य बनाउन गोली चलेको प्रहरीले जनाएको छ । गोली चलेका दुवै मतदान केन्द्रमा तत्तकाललाई मतदान स्थगित भएको जनाइएको छ ।