२३ जेठ बीरगंज -पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–४, खेस्रहा स्थित रामाशंकर गिरिको गोठमा आज बिहान करिब ४:४० बजे विद्युतीय सर्टको कारण भीषण आगलागी भएको छ।
आगलागीका कारण दुई घर र गोठ पूर्ण रूपमा नष्ट भएका छन् भने लाखौँ मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।आगलागीका कारण दुई घर र गोठ पूर्ण रूपमा नष्ट भएका छन् भने लाखौँ मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।
प्राप्त जानकारी अनुसार, स्थानीय बासिन्दा रामाशंकर गिरीको फुसको गोठ र फुसकै आवासीय घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आगलागीका कारण उक्त घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना लगायतका सामान जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अनुसार रामाशंकर गिरीलाई अन्दाजी रू. ७,००,००० (सात लाख) बराबरको क्षति पुगेको छ। साथै, उनको एउटा भैँसी र एउटा पाडो पनि आगलागीमा परेर घाइते भएका छन्।