१६ असोज, वीरगंज - ६९ औं प्रहरी दिवस २०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंजको आयोजनमा र ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर वडा नं. १० बिरगंज पर्साको सहयोगमा बिरगंज महानगरपालिका वडा नं ८ गहवामाई मंदिर सरसफाई कार्यक्रम सुसम्पन्न भएको छ ।
प्रहरी दिवसको अवसरमा आयोजना गरीएको गहवा माई मन्दिर को सरसफाई कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा तथा सरकारी गैर सरकारी कार्यालयका पदाधिकारी ज्युहरु , सुरक्षा निकायका कर्मचारी ज्युहरु नागरिक समाज लगायत ५० जनाको उपस्थिती रहेको थियो ।