वीरगञ्ज, मंसिर ९ गते आइतवार,

वीरगञ्ज महानगरपालिकाले दुई प्रतिभावान व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरेको छ । यू-१९ नेपाली महिला क्रिकेट टोलीकी खेलाडी साना प्रवीण र २०८० सालको एसईई परीक्षामा पर्सा जिल्लाबाट उच्चतम जीपीए ३.९७ हासिल गर्ने रिया साह सम्मानित भएका हुन् ।