वीरगंज - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने आदेशलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
काठमाडौं उपत्यकामा गत बुधबारदेखि ट्राफिक प्रहरी कार्यालयले नियम उल्लंघन गर्नेलाई कारबाहीका रूपमा ट्राफिक स्वयंसेवक बनाएर एक घण्टा सडकमै खटाउन थालेको थियो । गृहमन्त्री लामिछानेले मंगलबार सामाजिक सञ्जालमा महिला ट्राफिक महिनावारीका बेला ४ दिन खट्न नपर्ने र उनीहरूको स्थानमा मापसेलगायत ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई स्वयंसेवकका रूपमा खटाइने घोषणा गरेका थिए।
सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक स्वयंसेवी बनाउने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिएका छन्।