महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका एक जना नायव सुब्बालाई सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ । साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा मागेपछि नासु रामकृष्ण पण्डित पक्राउ परेका हुन् ।
रामकृष्ण पण्डित जग्गा कारोबारी लाल कर्ण मार्फत पैसा लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् । पण्डित अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका छन् ।