नियमित खबर, ०२ साउन, साहेब हुसेन
रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. ६ कुडिया स्थित एक बगैचाबाट लुकाएर पार्किङ्ग गरि राखिएको भारतीय स्कार्पियोबाट १ सय ९२ किलो गाँजा जस्तै १३ पोका बरामद गरेको छ ।
सुरक्षा वेश क्याम्प फतुवाका सशस्त्र प्रहरी निरीक्षक विनय श्रेष्ठको नेतृत्वमा खटिएको १३ जनाको टोलीले बगैचामा लुकाएर पार्किङ्ग गरिएको डि एल ४ सि एन बि ६२२९ नम्बरको भारतीय स्कार्पियो चेकजाँच गर्दा पक्राउ गरिएको छ ।
खटिएको सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा उक्त स्कार्पियोबाट १३ वटा गाँजा जस्तो देखिने पोका बरामद गरेको छ । प्रति पोका १४ किलोग्राम ८ सय ग्रामका दरले १ सय ९२.४ सय किलोग्राम गाँजा जस्तै देखिने सामाग्रीलाई नियन्त्रण्मा लिइएको गणबाट खटिएका सशस्त्र प्रहरीले जानकारी दिए ।
सशत्र प्रहरीले बरामद गरेको स्कार्पियो लगायत १३ वटै पोका लाईआवश्यक कारवाहीका लागि गणमा ल्याएको छ ।