पर्सा - प्रचण्ड गर्मीपछि आज बिहिबार बीरगञ्जमा पानी परेको छ।बिहानैदेखि लाग्ने चर्को घामको कारण घरबाट बाहिर निस्कन कठिन हुने तथा  तराई–मधेशको जनजीवन निकै नै कष्टकर भएको बेला बेलुकी पानी परेपछि बीरगञ्जवासीले राहत पाएका छन्।


बीरगञ्जमा बिहानैदेखि चर्को घाम लाग्ने र दिउँसो तातो हावा चल्ने गरेको छ । अत्याधिक गर्मीको कारण बीरगञ्जसहित यस क्षेत्रका अधिकांश चापाकलहरूको पानी सुककाे छ ।गर्मी बढेसँगै बीरगञ्ज महानगरपालिकाले धमाधम विद्यालय बन्द गरेका छन् ।


बीरगञ्जमा राम्रै पानी परेको छ । अहिले अनि देशको विभिन्न स्थानमा बादल लागेको भएर गर्मी बाट अलि राहत मिलेको छ । 'बिहानदेखि साँझसम्म काम गरेर बेलुकी घर फर्किदा एसीले पनि खासै चिसो हावा नदिने त्यसमाथि रातभरि लोडसेडिङले लाइन आउने जाने गर्दा सुत्नै नसक्ने र आज पानी परेपछि मौसम शीतल हुँदा एसी नै चलाउनु नपर्ने बताउँछन् बीरगञ्जका छप्कैया निवासी अब्दुल कैस जी ले' ।

यस वर्ष पानी नपरेको जानकारहरूले बताएका छन् । तातो बतासका कारणले मधेशमा लगाएको बाली सुकाएको किसानकाे भनाइ छ ।