स्विस सरकार विकास सहयोग तथा आस्ट्रेलियंन एडको आर्थिक सहयोग र आई एफ ई एस नेपालको प्राविधिक सहयोमा एवम् माण्डबीको सहजीकरणमा निर्वाचित महिला प्रतिनिधीहरुको लागि प्रारम्भिक प्रशिक्षण दोश्रो मोडयुल ४ दिने तालिमको आज उद्घाटन गरिएको छ।

प्रसौनी गाउँपालिका भित्र रहेका ७ वटा वडा र परवानीुर गाउँपालिका भित्र रहेका ५ वटा वडा भित्रका निर्वाचित महिला सदस्हरुको सक्रिय सहभागीतामा बहुअरी गण्डक नहरको छेउमा रहेको मधेश आश्रमको बैठक भवनमा आजदेखी सुरु भएको हो।

स्थानिय सरकारमा प्रभावकारी ढंगले आफनो भुमिका निर्वाह गर्न र राजनैतिक संवादमा सहभागी हुनका लागि महिला वडा सदस्यहरुको आत्म विश्वास बढाउनको लागि यस तालिमको आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम अधिकृत राजुकुमार साहले सहभागीहरुलाई स्वागत गर्दै आफनो मन्तब्य राखेका थिए।

प्रशिक्षण कार्यक्रममा सहभागी भएका महिलाले राजनीतिक , आर्थिक सामाजिक विकास सहभागिता तथा निर्वाचनमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित, आत्म विश्वास बढाउने, निर्वाचित पश्चात वडा भित्र वहन गर्नु पर्ने जिम्मेवारीहरु , सरोकारवाहरुसँग सहकार्य गर्ने लगायतको विषयवस्तुमा यस तालिम अवधि भित्र जानकारी गराउनु पर्ने प्रशिक्षक नेक महमद हुसैन र निभा सिंहले बताएका हुन।