सोमबार बिहान ६:३० को समयमा वीरगंज छपकैया वडा नं. २ छपकैया पोखरी चौरमा चट्टयाङ्ग लागेर १ बालकको मृत्यु तथा एक महिला र एक बालक सहित २ जना घाइते भएका छन् ।

छपकैयामा एक मात्र खुल्ला ठाउँ पोखरी चौर रहेकोले वालवालिकाहरु खेल मैदान को रुपमा प्रयोग गर्ने तथा स्थानिय हरुले विहान वेलुकी हिलडुल गर्दै आएका छन्।

रामप्रसाद ढुङगानाको छोरा बर्ष १७ को सिधार्थ ढुङगाना को मृत्यु भएको छ भने वडानं. ४ का मिखारी राउतको छोरा वर्ष१३ को अर्जुन राउत, वडानं. २ का साकिर हुसेनको श्रीमती बर्ष २९ को फुलनेशा खातुन र त्यसै गरि विन्दवासिनी गाउपालिका अमरपटिका अं वर्ष ३० बर्षको कुन्दन दास पनि घाइते भएका छन् ।

घाइतेहरूको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ ।