भन्सार छली लाखौको कपडासहित मालबाहक ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज पथलैया सडक खण्डबाट सशस्त्र प्रहरीले ६४ लाख १६ हजार २ सय ४० रुपैयाँ मूल्य बराबरको भन्सार छलीको कपडा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित नियन्त्रणमा लिएको छ ।
सुरागीको आधारमा सशस्त्र प्रहरीले चेकजाँचको क्रममा वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ८ ख ९४ नम्बरको ट्रकबाट बिल बिजकभन्दा बढी कपडा सशत्र प्रहरीले बरामद गरेको छ ।
ट्रकसहित सामाग्री आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।