तराईमा वर्षा नहुनुको कारणले दिनानुदिन बढ्दै गएको गर्मीले गर्दा वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको पत्र मार्फत निर्देशन सहित निर्देशन विपरित विद्यालय संचालन भए आवस्यक कारवाही गर्ने चेतावनी समेत दिइएको छ ।

महानगरका शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत हरि राउत द्वारा जारी गरिएको सूचनामा अषाढ ३१ गतेको निर्देशनको पालना गर्न आग्रह गरिएको छ । उक्त सूचनालाई अटेर गरेर विद्यालय सञ्चालन भइरहेको भन्दै महानगरपालिकाले कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

माथिल्लो निकायले जारी गरेको निर्देशन पालना गर्ने मातहतका निकायको कर्तव्य भएको हुँदा निर्देशनविपरित नगर्न शैक्षिक प्रशासन महाशाखाले अनुरोध गरेको हो ।

वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले कतिपय विद्यालय निर्देशनविपरित सञ्चालन भएपछि महानगरपालिकाले पुनः ध्यानाकर्षण गराएको बताएकाछन् । अब यसपछि पनि सूचनाको पालन नगरेर सञ्चालन भएको महानगरको अनुगमनमा भेटिएपछि आवस्यक कारवाही गरिने समेत बताएका छन् ।

विद्यालय संचालन सम्बन्धि वीरगंज महानगरपालिकाले जारि गरिएको पत्र |