बीरगंज महानगरपालिकाको आर्थिक बर्ष २०७९/२०८० को बजेट उपमेयर ईम्तियाज आलमद्वारा नगरसभाबाट सार्वजनिक गरिएको छ ।

बीरगंजको नगर सभागृहमा आयोजना भएको आर्थिक बर्षका लागि ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार बराबरको अनुमानित बजेट उप प्रमुखले प्रस्तुत गर्नु भएको थियो ।

बीरगंज महानगरपालिकाले आयोजना गरेको ११ औं नगरसभाको चालु अधिवेशनले उपप्रमुख एंव राजश्व परामर्श समितिका संयोजक इम्तियाज आालमद्वारा सामाजिक विकासलाइ प्राथमिकतामा जोड दिएका थिए ।

उपप्रमुख आलमले सार्वजनिक गरेको विनियोजित बजेट मध्ये चालु खर्च तर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार अर्थात ६२.०४ प्रतिशत रकम विनियोजन गरिएको छ ।पुँजीगत खर्च तर्फ भने १ अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैया अर्थात ३७.९६ प्रतिशत खर्च हुने अनुमान महानगरको छ । बजेटमा सबै भन्दा बढि पूर्वाधार विकास क्षेत्रमा १ अर्व १९ करोड ९३ लाख रकम विनियोजन गरिएको छ भने सबै भन्दा बढि सामाजिक विकास क्षेत्रमा भने ९९ करोड ३५ लाख ७९ हजार रुपैया महानगरले विनियोजित गरेको छ ।

यसैगरि महानगरपालिकाको सेवा प्रवाह र संगठन सुदृढिकरण सम्बन्धि कार्यक्रमका लागि मात्रै ९३ करोड ५३ लाख २१ हजार छुटयाइएको छ भने शिक्षा, युवा तथा खेलकुद सम्बनिध कार्यक्रमका लागि ६६ करोड ३८ लाख ३५ हजार रुपैयाँ विनियोजित गरिएको छ । स्वास्थ्य तर्फ भने १५ करोड २० लाख ३० हजार , महानगरपालिकाको आर्थिक विकास तर्फ १० करोड ४२ लाख ९० हजार , महानगरको सरसफाइ व्यवस्थापनमा ८ करोड ९१ लख रुपैया, कृषि तर्फ ३ करोड २६ लाख ९० हजार मात्रै र वन तथा वातावरण र विपद व्यवस्थापन तर्फ ५ करोड ९९ लाख रुपैया खर्च हुने अनुमान महानगरको छ ।

महानगरपालिकाको सुचना प्रविधी र सन्चार सम्बन्धि कार्यक्रमका लागि १ करोड ५ लाख ९५ हजार रुपैया छुट्याइएको छ ।