केहि साता अगाडि देखी सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यहि असार १ देखि आइतबारको साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

अब असार १ गते देखि पहिला जस्तै शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।