बिल बिजक भन्दा बढी औषधी, लत्ताकपडा लगायतका खुद्रा सामाग्रहरू लोड रहेका ३ वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिल बिजक भन्दा बढी बिभिन्न किसिमका हार्वयर पार्टस, औषधी लगायतका मालवस्तुहरू बोकेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले जेष्ठ २४ गते मंगलबार करिब २१:१५ बजे को समयमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिकाको वडा नं. १० घण्टाघर सडकखण्ड बाट बा ५ ख ८६५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएकोले उक्त ट्रकहरू नियन्त्रणमा लिई रू. एक करोड मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७९।०२।२५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ।

त्यसै गरि बिल विजक भन्दा बढी विभिन्न किसिमका औषधी, लत्ताकपडा लगायतका खुद्रा मालवस्तुहरू बोकेको सूचना प्राप्त भई को आघारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले जेष्ठ २५ गते बुधवार करिब २४:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.०८ माईस्थान सडकखण्डमा ना ४ ख ४३०१ नम्बरको मालबाहक ट्रकलाई पनि जाँच गर्ने क्रममा बिल बिजक शंकास्पद देखिएकोले उक्त ट्रक नियन्त्रणमा लिईए को छ ।

बरामद गरिएको सामान र ट्रकको १ करोड मूल्यांकन गरेर आवश्यक कारवाहिका लागि बुधबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक विशाल मल्लले बताए ।

जिल्ला प्रहरी कार्यालयको प्रेस विज्ञपती