एप्पलको आइफोन १४ बुधबार लञ्च भएको छ । क्यालिफोर्नियामा क्युपर्टिनोमा आईफोन १४ सिरिज सार्वजनिक गरिएको हो । एप्पलले यस पटक आईफोन १४, आईफाेन १४ प्लस, आईफोन १४ प्रो र १४ प्रो म्याक्स लञ्च गरेको हो । यसैगरी, कम्पनीले सीरीज ८ को घडी पनि सार्वजनिक गरेको छ ।

आईफोन १४ र आईफोन १४ प्लसमा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी स्टोरेज छ । ६.१ इंच र १७२ ग्रामको आईफोन १४ को मूल्य ७९९ डलर भन्दा माथि पर्दछ । आईफोन १४ का फिचरहरुमा सुपर रेटिना एक्सटिआर डिस्प्ले, १२ एमपीसहितको ब्याक र फ्रण्ट कयामरा, सीपीयु ए १५ बायोनिक चिप, रेजोल्युशन २५३२/११०, आईओएस १६ रहेका छन् । आईफोन १४ मिडनाइट, पर्पल स्टारलाईट, प्रोडक्ट रेड र निलाे रंगमा उपलब्ध छ । यसमा डुयल सिम जसमा न्यानो र ई सिम लगाउन सकिन्छ । आईफोन १४ बाट ४ के सहितको भिडियो रेकर्ड गर्न सकिन्छ । यस्तै सेफ्टि फिचर्समा इमरजेन्सी एसओएस र क्रयास डिटेक्सन छ ।

आईफोन १४ प्लसका के छन् विशेषता ?

यसैगरी,आईफोन १४ प्लस किन्नकालागि ८९९ डलर भन्दा धेरै खर्चिनु पर्नेछ । ६.७ इंचको आईफोन १४ प्लसकाे वजन २०३ ग्राम छ । यसको रेजोल्युशन २७७८/१२८४ रहेको छ । यसका अन्य फिचरहरु आईफोन १४ सँग मेल खान्छ ।

कतिपर्छ आईफोन १४ प्रो र आईफोन प्रो म्याक्सकाे ?

यस्तै, आईफोन १४ प्रोमा १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टिबी स्टोरेज रहेको छ । यसको मूल्य ९९९ डलरदेखि सुरु हुन्छ । यसको फण्ट क्यामेरा १२ एमपी र ब्याक क्यामरा ४८ एमपीको छ जसको वजन २०६ ग्राम छ । आईफोन १४ प्रोको वजन २०६ ग्राम छ भने स्क्रिन ६.१ इंचको छ । यसको रेजोल्युसन २५५६/११७९ रहेको छ । यो स्पेस ब्ल्याक, सिल्भर, गोल्डर डिप पर्पल गरी चार रंगमा उपलब्ध छ ।

आईफोन प्रो म्याक्समा १२८ जीबीको क्षमता रहेको छ । यसको मूल्य एक हजार ९९ डलर भन्दा धेरै पर्नेछ । ६.७ इंचको सिक्रन र २४० ग्राम भएको आईफोन १४ प्रोका अन्य फिचर आईफोन १४ जस्तै रहेका छन् ।

सीरीज ८, एस ई र अल्ट्रा वाच लञ्च

एप्पलले वाच सीरीज ८ को ठुलो डिस्प्ले र बडि टेम्पेरेचर सेन्सरसहित धेरै हेल्थ फिचर्स पनि लञ्च गरेको छ । यसकासाथै एसई, अल्ट्रा वाच र एयरपड्स प्रो २ पनि सार्वजनिक गरेको छ । एप्पलको घडीको ३९९ डलरभन्दा धेरै पर्ने कम्पनीले जनाएको छ । एप्पल वाच अल्ट्रा ७९९ डलर पर्छ भने एयरपड्स प्रो २को २४९ डलर पर्छ । यसैगरी, एप्पल वाच एसईको २४९ डलर तिर्नुपर्नेछ । सीरीज ८ र एसई १६ सेप्टेम्बरदेखि उपलब्ध हुनेछ भने अल्ट्रा २३ सेप्टेम्बरदेखि बजारमा उपलब्ध हुनेछ ।

एप्पलकाे एयरपड्स लञ्च

एप्पपलले प्रो सेकेण्ड जेनेरेशनकाे एयरपड्स पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । यसको मूल्य २४९ डलर निर्धारण गरिएको छ । यसको अर्डर सेप्टेम्बरदेखि गर्न सकिनेछ ।