५ भदौ पर्सा -सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साका गणपति (एसपी) पुर चन्द्र भट्टको नेतृत्वमा अवैध रुपमा भारतबाट ल्याइएका रु. २,२५,००० बराबरका प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट गरेको छ।
मिति २०८२ साल भदौ ५ गते गणबाट खटिएको टोलीले पर्सा जिल्ला पोखरिया नगरपालिका–७ सतबरिया नजिक भारततर्फबाट टाउकोमा बोकी ल्याउँदै गरेको अवस्थामा ४५ कार्टुनमा रहेको ४,५०० वटा ब्रोईलर कुखुराको चल्ला छाडेर व्यक्ति फरार भएको थियो।
नियन्त्रणमा लिइएको चल्लालाई नेपाल प्रहरी, स्थानीय पत्रकार, क्वारेन्टाइन प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थितिमा नं.१३ गण हे.क्वा. पर्साको पेरिमिटर भित्र खाडल खनी नष्ट गरिएको हो।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण तथा जनस्वास्थ्य सुरक्षामा निरन्तर निगरानी बढाउँदै ल्याएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराले जानकारी दिएका हुन् ।