११ असार वीरगञ्ज -गत असार ४ गते भक्तपुरको सूर्यविनायक- ४ दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै दधिकोट बस्ने ४५ वर्षीय डिल्लीबहादुर राउतको घरभित्र प्रवेश गरी उनीहरूले दुई करोड नेपाली रकम लुटेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ परेकाहरूमाथि सो रकम लुटपाट गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान सक्रिय रुपमा अघि बढाएको थियो।

 काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमध्ये एक जना प्रहरी हवल्दारसमेत रहेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई जानकारी दिएका छन् ।

भक्तपुरबाट असार ७ गते  सिन्धुपाल्चोक बाह्रबिसे-२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली र सोही दिन सिन्धुपाल्चोक भोटेकोशी-२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरिएको हो।

यसैगरी,असार १० गते ओखलढुंगा घर भएका मुनाराज राईलाई पनि  ललितपुरको इमाडोलबाट पक्राउ गरिएको हो। ३८ वर्षीय कृष्णबहादुर बोहोरालाई असार १० गते पक्राउ गरिएको छ ।

महाराजगञ्जस्थित प्रहरी गणमा कार्यरत प्रहरी  हवल्दार कृष्ण बहादुर बोहरा समेत रहेका उलाई सिन्धुपाल्चोकको महाराजगञ्जबाट पक्राउ गरिएको हो। लुटपाटमा संलग्न एक जना भने फरार रहेका छन्।

उक्त घटनामा सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएको पाइएको छ । पक्राउ गरेर हिरासतमा राखि घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएका छन् ।